हिपमत डटकम

शुक्रबार, बैशाख ०९, २०७९ || 600  पटक पढिएको

सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन…’को भिडियो सर्वाजनिक भएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिनुभएको छ ।

एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र राजेशकुमार श्रेष्ठ (म्युजिक पार्क)को पाश्र्व संगीत छ ।

ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाँकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ । ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोष्ट प्रोडक्सनमा कोचे मल्टिमिडिया रहेको छ ।

सविता खड्का गरिमा पारिवारिक टेलिसिरियलकी मुख्य कलाकार हुनुहुन्छ । उहाँ सो सिरियलकी लेखक, निर्देशक तथा निर्मातासमेत हुनुहुन्छ । मोरङ कानेपोखरी स्थायी घरभएकी सविता नेपाली कला क्षेत्रमा उद्यमान कलाकारका रुपमा आउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!