
बैशाख ९ शुक्रबार ,रंगेली। रंगेली नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । स्थानीय तहको निर्वाचनको स्थलगत तयारीका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

रंगेली नगरपालिका ७ स्थित गाैशलाकाे नयाँ भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हाे । कार्यालय स्थापना भए संगै चुनावी माहाेल समेत बडन थालेको हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने रंगेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले बताए ।
बिहिबारै दिउँसो सर्वदलीय र सर्वपक्षीय बैठक समेत बसेर सबै पाटिका प्रतिनिधिहरुलाई निर्वाचन मा के गर्न हुने के गर्ने नहुने भन्ने बिषयमा छलफल समेत गरिएका थिए । निर्वाचन कार्यालय स्थापना भए संगै २४ घन्टा ससस्त्र प्रहरी बिओपि रंगेलीले सुरक्षा समेत दिईरहेकाे छ । रंगेली नगरपालिका भित्र २२ स्थानमा मतदान हुदै छ भने ४४ बटा केन्द्र समेत रहेको मा ३८ हजार ९ सय ६ जना मतदाता समेत रहेको निर्वाचन अधिकृत रामहरि काफ्लेले बताए । सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधि हरु काे समेत उपस्थिति रहेको थियोे ।

कार्याक्रमा सहभागीहरुले उमेदवारी दर्ता देखि आचार सहिताकाे बिषयमा बुझेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेली का प्रमुख शैलेश न्याैपाने ,ससस्त्र वेश क्याप का कमल बहादुर अधिकारी लगायतको सहभागिता रहेको थियो ।