
नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिका वडा नम्बर -१ काे वडा अध्यक्षका लागि चन्दन कुमार मण्डलले उम्मेदवारी दाबी गरेका छन् ।

बिगत लामो समय देखि विराटनगर महानगरपालिका वडा नम्बर -१ मा निस्वार्थ समाजसेवा गरिरहेका मण्डल अब राजनीतिमा कदम राखी सत्तामा बसी आफ्नो वडालाइ सुन्दर सफा,समस्यामुक्त ,वडालाइ विकासशतिर धकेल्ने ,सिक्षा स्वास्थ्यलाइ बिशेष ध्यानमा राखी आफु अगाडी बढेको बताए।
वडा अध्यक्षकाे उम्मेदवारी दाबी गर्दै मण्डलले भने अबकाे नेतृत्व युवाले समाल्नुपर्छ । युवा नै हाे वडा र नगरकाे विकास गर्ने , याे देशकाे विकासकाे सम्भावकका लागि युवा नै चाहिन्छ तसर्थ पार्टी भित्र रही वडाबाशी र पार्टीको हितका लागि जहिल्यै आफु अगाडी रहने प्रतिबद्दता जाहेर गरेको बताएका छन्।
बितेका बर्ष कोरोनाकालमा आम गरिब परिवारहरुलाई आफु संग भएको र साथि इष्टमित्रहरुको सहयोग लि वडाबासिमा राहत पुर्याएका थिए तर आफु र युवाहरु सत्तामा आए भने एकजुट भई एक सोच भई वडामा आइपरेका हरेक समस्यालाई समाधान तिर लैजान सकिने अठोट रहेको मण्डलले बताए।

वडा नम्बर -१ मा एकदमै रुचाएका युवा नेता हरु मध्ये सबै भन्दा बढि पकड र लोकप्रिय मण्डल रहेको स्थानीयहरू बताउछ।
देशमा अहिले गठबन्धनको हाहाकार चलिरहेको बेला गठबन्धन भए पनि आफु नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिका वडा नम्बर -१ काे वडा अध्यक्षको दाबेदारीमै रही रहने पनि उनले बताए।
उनीसँगै विराटनगर महानगरपालिका वडा नम्बर -१ मा वडा अध्यक्षकाे उम्मेदवारी दाबी गर्नेहरूमा क्रमश : चन्द्रबहादुर बन , अमित कुमार लाल कामत , प्रविण गाैतम रहेका छन् ।

यसैगरी वडा सदस्यका लागि क्रमश : सावित्रा कुमारी सिग्देल कामत , जागेश्वर कामत , सुरेश मण्डल , फुलचन यादव , जगदिश साहु र पप्पु पाैदार सदस्यका लागि मैदानमा उत्रिएका छन् ।