हिपमत डटकम

बुधबार, बैशाख ०७, २०७९ || 845  पटक पढिएको

वीरगंज । नेकपा एमाले पकाहामैनपुर गाऊँपालिकाकमिटीको आयोजनामा आज पकाहामैनपुर गाऊँपालिकाको वडा नम्बर १ धोरेमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका गाऊँपालिका कमिटी अध्यक्ष अकलेश साह , प्रमुख पदका उम्मेदवार राजेश सहनी , उपप्रमुख पदका उम्मेदवार कुमारी निर्मला चौरसिया ,वडा अध्यक्ष पदका उम्मेदवार रम्भा देवी सहितको नेताहरुको सहभागितामा घर दैलो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा नेताहरु घरघरमा पुगी मतदाता संग भेटगरी आफनो पक्षमा मत हाल्न अनुरोध गरेका थिए ।

उहाँहरुले पकाहामैनपुरको बिकाश गर्न एमालेको सरकार आवश्यक पर्ने भएकोले सुर्यमा मतदान गरी बिजय गराउन अनुरोध गरेका थिए । एमालेले गरेको बिकाशको लहर देखेर एमालेको पक्षमा जनलहर उभिएपछी पाँच दलीय गठबन्धन भएको हो तर त्यो गठबन्धन होईन उनिहरूले ठगबन्धन बनाएको सहभागीहरुले बताएका थिए ।

गाऊँपालिका कमिटीका अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , जिल्ला कमिटी सदस्य बिकाश पाण्डेय , वडा न ४ का वडा प्रत्यासी धामु शर्मा , वडा न ५ का रामबाबु चौरसारिया ,बीरेन्द्र पटेल , रामबाबु चौरसिया , सुरेन्द्र सहनी लगायतको उस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!