हिपमत डटकम

बुधबार, बैशाख ०७, २०७९ || 517  पटक पढिएको

सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) नेपालको भागमा परेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु विरोधमा उत्रेका छन् ।

जनकपुरधामको विद्यापति चोकमा काँग्रेसका कार्यकर्ताहरूले सत्ता गठबन्धनका नेता र प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको विरोधमा प्रदर्शन गरेका हुन् ।

काँग्रेस कार्यकर्ताहरूको भावनामाथि खेलबाड गरिएको भन्दै उनीहरुले जनकपुरधामको विद्यापति मुरलीधर चोकमा टायर बालेर देउवा र गठबन्धन बिरुद्ध नाराबाजी गरेका छन् ।

जनकपुरधाममा नेपाली काँग्रेस एक्लै लड्न सक्ने अवस्था रहेका बेला जसपालाई दिनु निन्दनीय काम भएको काँग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवले बताए । केन्द्रीय गठबन्धनले आफुहरुको भावनासँग खेलबाड गरेपछि विरोधमा उत्रनुपरेको यादवले बताए । उनले यो गठबन्धनलाई स्वीकार नगर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!