बुधबार, बैशाख ०७, २०७९ || 1365  पटक पढिएको

मोरङका एसपीको काम भिण्डीबाट सुरु भएको छ । भिण्डी अर्थात् रामतोरिया बरामद गरेर उनले काम थालेका छन् ! वास्तवमा काम गर्नेको गुण नै ठूलोबाट होइन सानोबाट ठूलोमा पुग्ने हुन्छ कि क्या हो ?

बरामद भएको भिण्डीले प्रहरी कार्यालयमा धेरै दिनका लागि सब्जी किन्नुपर्ने छैन । किसानले मेहनत गरेर उब्जनी गरेको यो सब्जीलाई बजारमा पु¥याएर केही सय रुपैयाँ मुनाफा कमाउने बिचौलिया ब्यापारीलाई समाएर हाम्रा एसपी साब्ले निकै ठूलो काम गरेका छन् ।
गृह प्रशासनमा यसले हलचल ल्याएको छ । हलचल मात्र होइन ८ रेक्टर स्केलको कम्पन नै खडा गरेकोछ । गृह प्रशासनबाट अरु केही बरामद नभए पनि भिण्डी बरामद गरेर बहादूरी देखाएकोमा एसपी साब्को निकै प्रशंसा पनि भएको छ ।

भिण्डीमात्र होइन अब एसपी साब्ले भारतबाट आउने लागूऔषध कारोवार र प्रयोगमा पनि सुस्त तरिकाले काम गरुन । यो प्राथमिकतामा नपरे पनि हुन्छ । मरिच, चिनी, बिस्कुटलगायतको तस्करी नियन्त्रणलाई अहिले परै सारौं । सुर्तिजन्य वस्तुको तस्करीमा ध्यान दिने हो भने भिण्डी कसले बरामद गर्ने ?

भिण्डी समाएपछि उनले अब काउली समाउनुपर्छ । काउलीके च्याप्टर सकिएपछि उनले बन्दा, फर्सीको मुण्टा, पर्बल, कद्दु बरामद गर्नुपर्छ ।
उत्तरी मोरङको जंगलमा निगुरो टिपेर हैरान बनाइसकेका छन् । प्रहरी परिचालन गरेर निगुरो संकलन गर्नेलाई पनि समाउनुपर्छ । संरक्षित जंगलबाट निगुरो संकलन गर्नु कानुनी रुपमा दण्डित कुरा हो ।

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!