हिपमत डटकम

बुधबार, बैशाख ०७, २०७९ || 710  पटक पढिएको

विराटनगर।राष्ट्रिय प्रजातन्त्र पार्टीकोतर्फबाट विराटनगर महानगरपालिकाको मेयरका लागि ४ जनाले दावेदारी प्रस्तुत् गरेका छन् ।

राप्रपा मोरङका अध्यक्ष माधवप्रसाद आचार्य मेयरको दौडमा छन् । रेवतबहादुर थापा, दिलीप धाडेवा, अरूण राठी र साहिल दाहालले मेयरको पदका लागि दावेदारी प्रस्तुत गरेका छन् । पछिल्लो समय राप्रपाले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने तयारी गरेको छ । यस्तो अवस्थामा राप्रपा प्रति बढ्दो जनलहरका कारण मेयरका आकंक्षीहरूको संख्यामा वृद्धि भएको हो ।

राप्रपाका युवा नेता राठी लामो समयदेखि राजनीतिमा निष्क्रिय छन् । र यस पटक हुने मेयरमा चुनाव लड्ने दावेदारी प्रस्तुत गरेका छन् । राठीका दाजु स्व. उमेश राठी राप्रपाबाट विराटनगर उपमहानगरपालिकामा उपमेयरमा चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!