हिपमत डटकम

बुधबार, बैशाख ०७, २०७९ || 633  पटक पढिएको

चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षामा चिन्ता व्यक्त गरेका छन् । चीनले प्यासिफिक देशमा नौसेना आधार निर्माण गर्न खोज्ने त्रासलाई बढाउँदै यसै साता सम्झौतामा हस्ताक्षर भएको थियो ।

 

सम्झौता रोक्न अस्ट्रेलियाले गरेको अन्तिम प्रयासलाई सोलोमोन द्वीपले अस्वीकार गरेको थियो । अस्ट्रेलिया सोलोमोन द्वीपको सबैभन्दा ठूलो सहायता दाता हो । प्रधानमन्त्री मनसेह सोगाभारेले सम्झौताले यस क्षेत्रमा ‘शान्ति र सद्भावलाई कमजोर’ नबनाउने बताए ।

सम्झौता परम्परागत सहयोगीहरूका लागि नभई आफ्नै आन्तरिक सुरक्षाका लागि भएको उनले बताए । उनले सम्झौताका शर्तहरू खुलासा गरेनन् । सम्झौताबारे उनले भने, ‘यो हाम्रो आँखा खुला राखेर राष्ट्रिय हितद्वारा निर्देशित छ ।’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!