हिपमत डटकम

मंगलबार, बैशाख ०६, २०७९ || 683  पटक पढिएको

काठमाडौं। गायिका सुशिला बरालको सुमधुर स्वरमा समावेश ‘तिमीलाई हेरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायिका बरालको शब्द, संगीत रहेको छ। यस गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन्।

गायिका बरालको वास्तविक जीवन कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र रंजित पौडेल फिचर्ड छन्। माधव बेलबासेको सम्पादन रहेको यस भिडियोलाई अमृत सुनुवारको छायाँकन र निर्देशनमा तयार पारिएको हो। भिडियोको कथा आयाम पौडेलले लेखेका हुन्। गायिका बरालको च्यानल ‘सुशिला बराल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो।

संगीतकी विद्यार्थी समेत रहेकी गायिका बरालका यसअघि ‘जुनी जुनी’, ‘तिम्ले आँखाको इसाराले’ लगायातका गीतहरु सार्वजनिक भैसकेका छन्। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। गायिका बरालले आफ्नो भिडियोलाई माया गरिदिन सबैलाई आग्रह गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!