
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस कास्की नेताहरूलाई काठमाडौँ बोलाएका छन् । काँग्रेस सभापति समेत रहेको देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौँ बोलाएका हुन् । बराल नेतृत्वको टोली काठमाडौँ आइपुग्दै छ ।

बरालले भने, सभापतिज्यूले बोलाएपछि हामी काठमाडौँ आउँदै छौँ । गठबन्धनभित्र पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीले दह्रो अडान राखेपछि सभापति देउवाले कास्की काँग्रेसका नेतालाई बोलाएको बुझिएको छ ।