मंगलबार, फाल्गुण १३, २०७६ || 912  पटक पढिएको

पूर्वी मोरङको बिभिन्न स्थानमा मोटरसाइकल चोरीको घटनामा संलग्न चार जनालाई मोरङले पक्राउ गरेको छ ।
बिभिन्न स्थान र समयमा मोटरसाइलक चोरी गर्ने कार्यमा संलग्न ब्याक्तिलाई प्रहरी मोटरसाइकल सहित सार्वजनिक गरेको हो । मोरङ प्रहरीका अनुसार कात्र्तिक २६ गते बेलवारी १ का दिनेश खड्का घरबाट चोरी भएको को ३५प ११९२ नम्बरको मोटरसाईकलसहित बेलबारीका सुरज बिकलाई पक्राउ गरेको हो । बिकलाई फागुन ८ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै कार्तिक २६ गते राती मोरङको सुन्दरहरैचा ४ स्थित चरिगुवाबाट वावुराम कार्कीको घरबाट हराएको को १३ प ९४१२ नम्बरको मोटरसाईकल चोरीको घटनामा संलग्न सुन्दरहरैचा ४ बस्ने अमिर मोदी र उत्तम चौधरीलाई पक्राउ गरेको छ । उनीहरुले सो मोटरसाइकल चोरी गरि सुनसरी गढी २ स्थित सत्यनारायण चौधरीको घरमा लुकाई राखेको जानकारी दिएपछि कार्तिक २७ गते नै पक्राउ गरिएको प्रहरीको भनाइ रहेको छ ।
यसै गरि मंसीर २९ गते मोरङको लेटाङ स्थित प्रबर्धन राईको को ३३ प ७५२५ नम्बरको मोटरसाईकल चोरीको घटनामा सुरज विकले नै चोरी गरेको र विकले सो मोटरसाइकल ईलामबाट बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीले फागुन ७ गते वेलवारी ३ बाट बेवारिसे अबस्था फेला परेको १२५ सिसिको डिस्कोभर मोटरसाइकलको ईन्जिन र चेसिस बरामद गरेको छ ।
त्यसैगरि इलाका प्रहरी कार्यालय बेलवारीले बिभिन्न समय र मितिमा हराएको १७ थान मोवाईल फेला पारि सम्बन्धित मोवाईल धनीलाई फिर्ता दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!