मंगलबार, फाल्गुण १३, २०७६ || 8774  पटक पढिएको

फेसबुक सञ्जालको पहुँच सबैसँग हुने गरेको छ । यसको प्रयोगमा रमाउनेहरु मात्र होइन्, दुरुपयोग गरेर समाजलाई आक्रन्त पार्नेहरु पनि प्रशस्त रहेका छन् । अझ नक्कली आईडी खोलेर मानिसलाई दुःख दिने घटनाहरु हाम्रो समाजमा ब्याप्त रहेको छ ।
फेसबुकबाट नक्कली आईडी खोलेर रकमका लागि व्लाकमेल गर्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मंगलबार मोरङ प्रहरी सोही व्लाकमेलका कारण एक महिलाको ज्यान गएको जनाउँदै पक्राउ परेकालाई आत्महत्या दुरुत्साहनको मुद्धाको प्रक्रिया अघि बढाएको छ । मोरङ प्रहरीले इलाका प्रहरी कार्यालय बेलबारीमा गरेको पत्रकार सम्मेलनमा फागुन ८ गते सुन्दरहरैचा ५ गौशलामा भएको आत्महत्याको घटनामा फेसबुकबाट गरिएको व्लाकमेल नै प्रमुख घटना भएको जनाएको छ ।
घटना विवरण अनुसार गत बिहिबार दिउँसो ३ बजे सुन्दरहरैचा नगरपालिका ५ गौशला घर भई सोही स्थानमा रहेको भीमकुमारी ढकालको घरमा डेरा गरी बस्ने १९ बर्षिया प्रीति तिम्सिना अधिकारीले डेराको कोठामा सलको पासो लागेर आत्महत्या गरिन् । गुरूप्रसाद अधिकारीको श्रीमति प्रीतिले आत्महत्या गरेपश्चात अनुसन्धानमा जुटेको प्रहरीले सोही कोठाबाट निजले प्रयोग गर्ने मोवाईल फोन फेला र सुसाइट नोट फेला पर्यो ।
सो सुसाइट नोटमा ऋषि र दार्जिलिङ क्विन नाम प्रयोग गर्ने फेसबुक आईडीबाट दीपा नाम गरेको युवतीले गोप्य तस्वीर सार्वजनिक गर्ने भन्दै व्लाकमेल गरेको भन्दै सोही कारण आफुले आत्महत्या गरेका प्रीतिले खुलाएको थिइन् । ती युवतीले गोप्य तस्वीर पोष्ट गरिदिने भन्दै व्लाकमेल गरी पटक पटक पैसा असुल्ने गरेको र मागेको पैसा नभएको कारणले आत्महत्या गर्नु परेको भनि सुसाइट नोटमा लेखिएको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी बिश्व अधिकारीका अनुसार ऋषि र दार्जिलिङ क्विन नामको फेसबुक आइडी प्रयोग गर्ने दिपा र ऋषि भनिने ऋषिराज भट्टराई भएको खुलेको छ । ऋषिराजले प्रीतिसँग व्लाकमेल गर्दै रकम असुल्न सुन्दरहरैचा ६ बस्ने सन्जिता निरौलालाई परिचालन गर्ने गरेको साथै ईटहरीस्थित गोर्खा अगाडी रकम लिन सन्जितालाई पठाउने गरेको खुलेको छ । प्रहरीले दुवैलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!