सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको छ ।

स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरुभएको हो ।

आइतबार बसेको बैठकमा दलका नेताहररूले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र)ले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरेका थिए ।

कांग्रेसले भने दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरूको भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!