उत्तर कोरियाले आफूले सफलतापूर्वक एक नयाँ हतियारको परीक्षण गरेको बताउँदै आफ्नो सैन्य क्षमतामा उल्लेखनीय वृद्धि गर्ने घोषणा गरेको छ ।

विशेषज्ञका अनुसार यो नयाँ प्रकारको मिसाइल साना परमाणु हतियार लैजान सक्षम छन् र यसले उत्तर कोरियाले परमाणु हतियार परीक्षणको तयारी सुरु गरिसकेको देखाउँछ ।

दक्षिण कोरियाली सेनाले शनिबार राती उत्तर कोरियाको तर्फबाट समुद्रमा दुई मिसाइल दागेको पुष्टि गरेका छन् ।

शुक्रबार उत्तर कोरियाका संस्थापक किम इल–संगको जयन्तीको मौकामा यस्तो गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

आइतबार बिहान उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले एक बयानमा किम जोङ उनले नयाँ प्रणालीको परीक्षण हेरेको बताएको छ ।

यो बयानमा यो लामो दुरीको हतियारको क्षमतामा अत्यधिक सुधार गर्ने र सामरिक परमाणु हतियारद्वारा सञ्चालनको क्षमतालाई बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!