हिपमत डटकम

शनिबार, बैशाख ०३, २०७९ || 636  पटक पढिएको

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् । जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा शुक्रबार प्यालेस्टाइनीहरूको इजरायली प्रहरी बलसँग झडप हुँदा १०० जना भन्दा बढी व्यक्ति घाइते भएका छन्।

 

यसैबीच मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेनेस्ल्यान्डले स्थिति शान्त पार्न प्रमुख क्षेत्रीय साझेदारहरू र पक्षहरुसँग नजिकको सम्पर्कमा कायम राखेका छन् । गुटेरेसले संयुक्त राष्ट्रसंघका सान्दर्भिक प्रस्ताव, अन्तरराष्ट्रिय कानून र द्विपक्षीय सम्झौताको आधारमा द्वन्द्व समाधान गर्न प्यालेस्टिनी र इजरायलीहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!