हिपमत डटकम

बुधबार, चैत्र ३०, २०७८ || 552  पटक पढिएको

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७८ साललाई षडयन्त्रको वर्षका रूपमा ब्याख्या गरेका छन् ।

बुधबार नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २०७८ सालमा मुलुकमा धेरै षडयन्त्र भएको बताएका हुन् ।

साथै, उनले २०७८ साल संविधान विरोधी र अस्थिरताका पक्षधरहरुले असंवैधानिक ढंगले विकासको गतिलाई रोकेर देशलाई पछाडि फर्काउन खोजेको आरोप लगाए । उनले २०७९ साललाई एमालेको विजय वर्ष बनाउन सबैमा आह्वान समेत गरे ।

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!