मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।फिटनेश एशोसिएसनले विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता फाल्गुन २४ गते विराटनगरमा हुने जानकारी गराएको हो । एशोसिएसनका अध्यक्ष अम्लेशकुमार कर्णले समाज र देशलाई कुलतबाट बचाउन अहिलेको समयमा शारीरिक सुगठनको ठूलो भूमिका रहेको छ । उनले यस्ता प्रतियोगिताले हजारौँ युवालाई खेलप्रति आकर्षित गराउन सहयोग र्पुयाउने बताए ।
खेल र खेलाडीलाई प्रोत्साहन गर्न स्ट्रोङगेस्ट म्यान अफ मोरङ बेञ्च प्रेस जिल्लास्तरीय प्रतियोतिा हुने हो । खेलमा ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो र ८० किलोदेखि माथि तौल समूहका खेलाडीलाई सहभागी रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिजेताहरुलाई मेडल,प्रमाणपत्र तथा नगद पुरस्कार समेत प्रदान गर्ने अध्यक्ष कर्णले जानकारी दिए।बिगतमा पनि मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले सामाजिक रुपमा धेरै नै कामहरु गरेको छ ।