चैत ६ गते मोरङको लेटाङमा भएको प्रहरी र गाउँलेबीच हिंसात्मक झडपमा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोलीबाट भएको पोस्टमार्टम रिपोर्ट आएको छ। अहिलेसम्म उनको मृत्यु ‘घाँटीमा धारिलो हतियार प्रहारबाट भएको’ प्रहरीले बताउँदै आएको थियो। तर, पोस्टमार्टम रिपोर्टमा भने उनको मृत्यु गोली लागेर भएको उल्लेख गरिएको छ।

सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा उल्लेख भएको पोस्टमार्टम रिपोर्ट अनुसार हत्या गरिएकी महिला प्रहरीको धारिलो हतियार खुकुरी, लाठी, ढुङ्गा मुढा नभएर गोली लागेर हत्या भएको रिपोर्ट आएको हो।विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायर आम्र्ड इन्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ। हत्या भएको महिला प्रहरीको शरीरबाट गोली पनि निकालिएको छ।

हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतियारबाट हवाई फायर भएको थियो। तर, विधी विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको गोलीसँग म्याच हुन नसकेको स्रोतको भनाइ छ। यसले गोली गाउँलेबाटै प्रहार भएको हुनसक्ने आशंका बढेको प्रहरी स्रोतले जनाएको छ।

‘घटना घटेको दिन प्रहरीको तीन वटा हतियारबाट फायर भएको खुलेको थियो,’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरी शर्मा काफ्ले भने। महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन।प्रहरीले लेटाङ घटनामा ६३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।पक्राउ परेका १६ जना बालबालिका समेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दैछ।

पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ। साबालक कति जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दामा अभियोग लैजाने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय भने गरिसकेको छैन।‘बुधबार बिहान हामी साबालकको हकमा निर्णय गर्नेछौं र सोही दिन अभियोग अदालत लैजाने तयारी गरेका छौं,’ जिल्ला न्यायाधीवक्ता शर्माले भने।

पक्राउ परेकामध्ये १ जना बालकलाई अदालतले अभिभावकको जिम्मामा लगाउने आदेश मंगलबार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!