
राम चरण र जुनियर एनटीआर स्टारर दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले १ हजार करोड भारतीय रूपैयाँको क्लबमा शामिल भएको छ।

एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ बक्स अफिसमा वर्ल्ड वाइड एक हजार करोड भारतीय रूपैयाँको आँकडा पार गर्ने तेस्रो फिल्म बनेको हो।
ठूलो लगानीमा बनेको यो फिल्मले रिलिज अगावै कमाईको कीर्तिमान राख्ने अपेक्षा गरिएको थियो। फिल्मले आफ्नो रिलीजको १६ औं दिनमा हजार करोड भारतीय रूपैयाँको आँकडा पार गरेको हो।
यसअघि मात्र दुई वटा फिल्मले १ हजार करोडभन्दा बढी कमाइ गरेका थिए।