हिपमत डटकम

सोमबार, चैत्र २८, २०७८ || 529  पटक पढिएको

काठमाण्डौं । सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको‘यो मुटु भरी ‘ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएकोछ । माया प्रेम र रोमान्समा रहेका युवा य्ुवती विचको प्रेम लाई गीतमा समेटिएको छ । गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन ।

माया भन्दा ठुलो धन सम्पती नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न सकिन्छ भनेर गीतमा देखाइएको छ । प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट लेखिएको गीतकी सर्जक तथा मोडल ज्योत्सना घिमिरेले बताइन । यादव घिमिरेको संगीत तथा नोरवु शेर्पाको एरेन्जमा गीत तयार गरिएको छ । काठमाण्डौं आसपासका रमणिय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न सकिन्छ । रोनिस तामाङको छायाँकन , एकान्त मगरको सम्पादन तथा आदित्य ठकुरीको निर्देशन भिडियोमा रहेको छ ।

‘यो मुटु भरी ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!