हिपमत डटकम

सोमबार, चैत्र २८, २०७८ || 580  पटक पढिएको

विराटनगर / मोरङको जहदा गाउँपालिकामा जारी चौथो संस्करणको ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को जहदा–५ ले सफलता हात पारेको छ ।

जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको आजको खेलमा जहदा–५ ले जहदा–१ लाई ८ विकेटले पराजित गरेको हो । लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित खेलमा टस जितेर ब्याटिङ गरेको जहदा–१ ले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनको स्कोर खडा गरेको थियो । जहदा–१ का लागि रञ्जित राजवंशीले २७ रन जोड्दा विद्यानन्द साहले २१ रन र आशिष राजवंशीले २२ रन जोडे । जहदा–५ का लागि बुधन महत्तोले ३ विकेट लिँदा राकेश साहले २, मोहम्मद निजामुद्दीन २, आर्यन साहले २ र विकास ठाकुरले १ विकेट लिएका थिए ।

१ सय ३३ रनको लक्ष्य पाएको जहदा–५ ले १३ ओभरमा २ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । जहदा–५ का ‘म्यान अफ द म्याच’ सरोज महत्तोले ७२ रन बनाउँदा रबिन मण्डलले ४३ रनको योगदान दिएका थिए । जहदा–१ का विद्यानन्द साहले १ विकेट लिए ।

 

लिगकम नकआउटको आधारमा बैशाख ३ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टको सोमबार जहदा–२ र जहदा–३ बिच हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!