३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध दलबीच भागबन्डा नमिल्दा तालमेलको मोडालिटी नै अन्योलमा परेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले २२ चैतमा चुनावी तयारी काम गर्न भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति बनाएका थिए ।

स्रोतका अनुसार कुन स्थानीय तह कसले लिने भन्नेमा कुरा नमिल्दा सो समितिले तालमेलको मोडालिटी बनाउन सकेको छैन । तालमेलका विषयमा सबैभन्दा बढी समस्या महानगरपालिकामा देखिएको छ । देशका ६ वटा महानगर काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र विरगन्ज महानगरपालिकामा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाले बार्गेनिङ गरिरहेका छन् ।

कांग्रेस यसअघि २०७४ सालमा जितेका ललितपुर र विराटनगर नछाडी काठमाडौं समेत लिने दाउमा छ । माओवादीले भरतपुर र पोखरालाई ताकिरहेको छ भने नेकपा एसले पोखरा र ललितपुरमा दाबी गरिरहेको छ ।

जसपाको दाबी भने वीरगन्जसहित विराटनगरमा पनि छ । भरतपुरमाथि पनि कांग्रेस दबाबमा छ । यसअघि भरतपुर माओवादीले जितेको थियो भने काठमाडौं र पोखरा महानगर एमालेले, वीरगन्ज जसपाले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!