हिपमत डटकम

शनिबार, चैत्र २६, २०७८ || 812  पटक पढिएको

काठमाडौँ । गायक निमा शेर्पाको स्वर रहेको ‘रेशमैको डोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना रहेको गीतको भिडियोमा एक प्रेमील जोडीले हाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको कुरालाई भिडियोमा निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा तयार पारेका छन् ।

शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!