हिपमत डटकम

शनिबार, चैत्र २६, २०७८ || 542  पटक पढिएको

बिराटनगर। विराटनगर महानगरपालिकाले अभिनेता गजित विष्टलाई सम्मानित गरेको छ । नेपाली फिल्म तथा गीत-संगीतको श्रीबृद्धिमा खेलेको भूमिकाको मुल्याङकन गर्दै महानगरपालिकाले उनलाई सम्मान गरेको हो । शुक्रवार विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा एक कार्यक्रमका बीच विष्टलाई खादा र फूलमालासहित सम्मान पत्र प्रदान गरेका हुन् ।

अभिनेता विष्ट विराटनगर महानगरपालिकाको साँस्कृतिक सल्लाहकार समेत हुन् । भोजपुरमा जन्मिएका उनी अभिनयसँगै नृत्यमा पनि अब्बल मानिन्छन् । उनले आफ्नो करिअरको सुरुवात नै नृत्यबाट गरेका थिए । डान्स रियालिटी शो ‘आँगन’ उनको करिअरको पहिलो खुड्किलो थियो । यसपछि उनले सन् २०१० मा टिभी रियालिटी शो ‘खोजी प्रतिभाको’मा भाग लिएका थिए ।

गतिजले फिल्ममा भने ‘मायाज् बार’बाट डेब्यू गरेका हुन् । त्यसयता उनले ‘धौली’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘सुपारी’, ‘तोरी लाउरे’, ‘अर्धकट्टी’, ‘पूर्नजन्म’, ‘कान्छी मट्याङ् ट्याङ’ लगायत एक दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले आफ्नो छोरालाई समेत फिल्ममा ल्याएका छन् । उनका छोरा सौगात विष्टले ८ वर्षको उमेरमा फिल्म ‘लभ यू बाबा’को निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!