हिपमत डटकम

बिहिबार, चैत्र २४, २०७८ || 638  पटक पढिएको

पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए ।

उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाएको छ ।

निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको बताए ।

‘कसैलाई चित्त दुखाउने हाम्रो उद्देश्य होइन, अहिलेको परिस्थितिलाई ध्यान दिंदै दृश्यलाई हटाएका हौं । त्यो भाग हटाउँदा पनि कथामा असर पर्ने देखिएन,’ थापाले बताए।

अभिनेत्री सुहाना थापाको पात्रले गायकको रुपमा रहेका दुर्गेशलाई भेटेको डेढ मिनेट लामो दृश्य फिल्ममा समावेश थियो । निर्माता थापाका अनुसार साढे दुई वर्षअघि उक्त दृश्य छायांकन गरिएको थियो ।

‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गते रिलिज तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!