हिपमत डटकम

बिहिबार, चैत्र २४, २०७८ || 663  पटक पढिएको

जी-बब नामले चर्चित र्‍यापर सुदीप भण्डारीले ‘ए मेरो हजुर ४’को एउटा गीतलाई गएका छन्। एएनटीएफ गायन प्रतिस्पर्धाबाट चिनिएका जी-बब सामाजिक सञ्जालमा भाइरल छन् ।

गीतमा उनकै शब्द र संगीत रहेको जनाइएको छ ।

अनमोल र जी-बबबीच बुधबार बेलुका नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा भेटघाट समेत भएको जनाइएको छ । भेटघाटको तस्वीर सार्वजनिक भएको छ । जहाँ फिल्म र गायन विधाका दुई स्टारलाई देख्न सकिन्छ ।

स्रोतका अनुसार जी-बबले गाएको गीतलाई चाँडै रिलिज गर्ने तयारी छ । एएनटीएफ प्रतिस्पर्धाको फाइनलबाट अचानक हराएपछि जी-बब सबैको खोजीका पात्र समेत थिए । टिकटकमा उनका गीत अहिले पनि भाइरल बनिरहेका छन् ।

अनमोल र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!