एमाले प्रवेशको भोलिपल्टै नेकपा (माओवादी केन्द्र)मा फर्किएका धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

“अध्यक्षज्यू, केही मान्छेको परिबन्दमा परी बालकोट पुगें । यसमा मेरो गल्ती भो, तर मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छाडेनन्, सुत्न पनि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म २ दिनमै घर फर्केको छु,’ बुधवार बिहान खुमलटार पुगेर प्रचण्डलाई भनेको कुरा उद्धृत गर्दै स्वकीय सचिव रमेश मल्लले फेसबूकमा लेखेका छन् ।

उनका अनुसार प्रचण्डले जवाफमा गल्ती गरेँ भनिसक्नुभयो, काममा फर्कनुस् भनेको मल्लले उल्लेख गरेका छन् ।

सोमवार बालकोट पुगेर एमाले प्रवेश गरेका डल्लाकोटी मंगलवार माओवादी केन्द्रमा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!