सोमबार, फाल्गुण १२, २०७६ || 1040  पटक पढिएको

एथ्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिको म्याड्रिडले भिल्लारियललाई ३–१ गोलले हरायो ।

घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन एन्जल कोरेरा, कोकी र जोओ फेलिक्सले गोल गरे ।

भिल्लारियलका पाको अल्कासेरले सान्त्वना गोल फर्काएका थिए । खेलमा सुरुवाती अग्रता भिल्लालियलले लिएको थियो ।

१६औं मिनेटमा पाको अल्कासेरले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ४०औं मिनेटमा एन्जल कोरेराले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

६४औँ मिनेटमा कप्तान कोकीले गोल गर्दै एथ्लेटिकोलाई अगाडी बढाए ।

७४औँ मिनेटमा जोओ फेलिक्सले कोकेको पासमा गोल गर्दै एथ्लटिकोको जित पक्का बानाएका थिए ।

जितसँगै एथ्लेटिकोले २५ खेलबाट ४३ अंक बनाएको छ ।

समान अंक बनाएको सेभिया गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।

३८ अंक बनाएको भिल्लारियल सातौं स्थानमा छ ।

आइतबार रातिनै भएको अर्को खेलमा सेभिल्लाले गेटाफेलाई ३–० गोलले हराएको थियो ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाको ५५ अंक छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५३ अंक छ ।

अन्य खेलमा ग्रानाडाले ओसासुनालाई ३–०, डिर्पोटिभो अलाभेसले एथ्लेटिको बिल्वाओलाई २–१ र रियल भालाडोलिडले स्पान्योललाई २–१ गोलले हराएको छ । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!