हिपमत डटकम

आइतबार, चैत्र २०, २०७८ || 570  पटक पढिएको

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता चेन्नई सुपर किङ्सले आज (आइतबार) पन्जाब किङ्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने चेन्नई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बाट सुरु हुनेछ । लिगमा दुई खेल खेलेको चेन्नई आजको खेलमा पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई दोस्रो खेलमा लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो । सविकको विजेता टोली पहिलो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।
यता पन्जाब दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गरेको पन्जाब दोस्रो खेलमा कोलकाता नाइड राइडर्ससँग ३ विकेटले पराजित भएको थियो ।

त्यसैले पन्जाबलाई आजको खेलमा महत्वपूर्ण हुनेछ । लिगमा दुई खेल खेलेको पन्जाबले २ अंक जोडेको छ । यता चेन्नईले भने अंक जोड्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!