हिपमत डटकम

शुक्रबार, चैत्र १८, २०७८ || 555  पटक पढिएको

विराटनगर महानगरको प्रमुखमा केन्द्रीय नेता र मन्त्री भइसकेकाले नै आकांक्षा देखाएका छन् ।

त्यसमध्येका एक हुन्, लालबाबु पण्डित । उनले आसन्न स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिन आकांक्षा देखाएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

कान्तिपुरका अनुसार, एमालेका नेता तथा प्रदेशका पूर्वमन्त्री जीवन घिमिरे, केन्द्रीय सदस्य गुरु बरालले पनि मेयरमा उम्मेदवारी दिने मनस्थिति बनाएका छन् ।

त्यसो त कांग्रेसकै केन्द्रीय राजनीतिमा स्थापित अनुहारले पनि मेयरमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन् ।

समाचारअनुसार कांग्रेस नेत्री डिला संग्रौला मेयरकी आकांक्षी छन् । यसबाहेक भीम पराजुली र अमृत अर्यालले पनि मेयर बन्ने चाहना पालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!