
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । कांग्रेसको सभापति रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जानुअघि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर हिँडेका हुन् ।

देउवाले विधानको धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकका हुन् ।
देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्ने नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् ।