हिपमत डटकम

शुक्रबार, चैत्र १८, २०७८ || 645  पटक पढिएको

बिराटनगर। नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘दिन्थे मुटु झिकी’ बोलको गितमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

स्वर निसान भट्टराई र बिष्णु माझीको रहेको छ । गायक तथा संगीतकार ओलीले यसअघि खोलिमा पनि , बुटुवल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् । सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् ।

 

शिब बिकले निर्देशन र कोरियोग्रफ़ि गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामांगको मेकप , मिलन बिस्वकर्माको सम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्न सकिन्छ । पवन ओली अफिसियलबाट सार्वजनिक गीत यतिबेला युट्युबको ट्रेण्डिङ्गमा समेत पर्न सफल छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!