हिपमत डटकम

शुक्रबार, चैत्र १८, २०७८ || 574  पटक पढिएको

रियालिटी शो नेपाल्स सिङ्गिङ सुुपरस्टारको अडिशन खुुला गरिएको छ । कार्यक्रमका निर्माता सुरज लाल जोशीले यसबारे जानकारी दिए । अन्य रियालिटी शोमा भाग लिइसकेका वा पाँच वर्ष भन्दा बढी अवधि देखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धाको रुपमा समावेश गरि निर्माण गर्न लागिएको सिङ्गिङ सुपर स्टारको डिजिटल अडिसनमा समावेश हुनको लागि नेपाल्स सिङ्गिग सुुपरस्टारको आधिकारिक फेसबुुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुुई मिनेट सम्मको भिडियो पठाउनु पर्ने छ ।

अडिसनमा छानिएका प्रतिस्पर्धीलाई भ्वाइस स्टार नेपालबाट सम्पर्क गरिने जानकारी समेत निर्माता जोशीले दिएका छन् । निर्माता जोशीले दिएको जानकारी अनुुसार आउँदो २०७९ बैशाख १८ गते देखि हप्ताको दुुई दिन आइतबार र सोमबार बेलुका ८ बजे देखि ९ बजेसम्म शो नियमित रुपमा प्रसारण हुनेछ ।

शोमा प्रस्तोताको रुपमा चर्चित टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र गायिका केन्जल मेहर श्रेष्ठ रहनेछन् । यस्तै निर्णायकको रुपमा गायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहेका छन् ।
भ्वाइस स्टार नेपालले निर्माण गर्न लागेको शो इमेज एच डीमा प्रसारण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!