सोमबार, फाल्गुण १२, २०७६ || 852  पटक पढिएको

न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतले लज्जास्पद हार खेपेको छ । वेलिङटनमा सोमबार भएको टेस्टको चौथो दिन भारत घरेलु टोलीसँग १० विकेटले पराजित भएको हो । यससँगै न्युजिल्यान्डले टेस्ट क्रिकेटमा एक सयौं जित पनि निकाल्न सफल भएको छ ।

भारत दोस्रो इनिङमा एक सय ९१ रनमा अलआउट भएपछि न्युजिल्यान्डले जीतका लागि केवल ९ रनको लक्ष्य पाएको थियो । न्युजिल्यान्डले उक्त लक्ष्य मात्र १० बलमा पूरा गरेको थियो ।

दोस्रो इनिङमा भारतका मायांक अग्रवालले ५८ रन बनाए । अजिंका रहानेले २९ र ऋषव पन्तले २५ रन बनाए । भारतलाई सस्तैमा समेट्न न्युजिल्यान्डका टिम साउथीले पाँच तथा ट्रेन्ड बोल्टले चार विकेट लिए ।

न्युजिल्यान्डले पहिलो इनिङमा सवै विकेट गुमाएर तीन सय ४८ रन बनाएको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ८९ रन बनाए । केली जेमिसन र रोस टेलरले समान ४४ तथा कोलिन डी ग्रान्डहोमेले ४३ रन बनाए ।

यससँगै दुई खेलको टेस्ट सिरिजमा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट शनिबारदेखि सुरु हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!