हिपमत डटकम

सोमबार, चैत्र १४, २०७८ || 543  पटक पढिएको

२०७९ बैसाख ३० गते हुनेभनिएको स्थानीय निर्वाचनमा देश होमी सकेको बुझ्न सकिन्छ । ७५३ वटै स्थानीय तहमा अहिले चर्चा चुनाब कै छ । यसै सन्दर्भमा महोत्तरी जिलाको सदरमुकाम र ऐतिहाषिक जलेश्वर नगरपालिका मा पनि चुनाबको चर्को चर्चा रहेको छ । हुन त अहिले कुनै पनि दलले आधिकारीक रुपमा आफ्ना पार्टीका तर्फबाट मेयर पदको उमेदवार घोषणा गरेको छैन् । तैपनि नेपाली कांगे्रस बाहेक प्रत्येक दलबाट मेयर पदका लागि सम्भावित उमेदवार को हुने भनी सबैले अनौपचारिक जानकारी पाइसकेको छ ।
गत स्थानीय चुनाबमा नेपाली कांगे्रसको तर्फबाट अशोक साह मेयर पदमा चुनाब लड्नु भएको थियो । उक्त चुनाबमा नेपाली कांगे्रस तेस्रो स्थानमा झरेको थियो । कुनै समय सम्पूर्ण जिला नै कांगे्रसमय रहेको अवस्था बाट कसरी नेपाली कांगे्रस सदरमुकाम सहितको नगरपालिका मा यती कमजोर भयो त ? यसबारे बिभिन्न कोणबाट ब्याख्या विश्लेषणहरु जारी छ । पार्टीका नेताहरु यसबारे गम्भिरतापूर्वक बिभिन्न छलफलहरु जरी राखेका छन् । गत वर्ष अशोक साह बाहेक अन्यले मेयरको चुनाब लड्न इच्छा समेत जाहेर गरेका थिएनन् । तर यसपालिको चुनाबमा अन्य नेताहरुको नाम पनि चर्चामा रहेको छ ।

शम्भू नारायण पाठक

शम्भू नारायण पाठक २०४८ सालमा तत्कालिन परिकौली गाउँ बिकास समितिका अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उनले आफ्नो कार्यकाल सफलतापूर्वक चलाएका थिए । स्कुले जीवन देखि नै नेपाली कांगे्रसमा रहेर सक्रिय राजनीति गर्दै आएका छन् । पार्टी संगठन भित्र पनि उनि एक प्रगतिशिल नेताको रुपमा परिचीत छन् । नेपाली कांगे्रस महोत्तरीको क्षेत्रिय सभापति, जिला सचिब जस्ता पदमा निर्वाचित भई कार्यकाल सम्पन्न गरेका छन् । अहिले उनि कांगे्रस जिला कार्यसमिति सदस्य हुन् । साथै संबिधान निर्माण पश्चात भएको पहिलो प्रादेशि चुनावमा पाठक प्रदेश सभा सदस्यका प्रत्याशी समेत रहेका थिए ।

 

बजरंग नेपाली

बजरंग नेपाली बिसं २०४१ सालमा नेपाली विद्यार्थी संघ (नेबीसंघ) को जिला सचिब बनेका थिए । २०४४–०४८ नेबीसंघको जिला सभापति चलाउने अवसर नेपाली ले पाएका थिए । विद्ययार्थी राजनीतिको सक्रियताका कारण उनि राराब क्याम्पस, जनकपुरका स्वतन्त्र विद्ययार्थी यूनियन सभापति बनेका थिए, अवधी २०४९–०५१ । बजरंगको राजनीतिक जोश र उर्जाले उनलाई २०५२ सालमा नेबीसंघ को केन्द्रिय सदस्य समेत निर्वाचित हुन सफल भए । पार्टी संगठनका सच्चा पहरेदारका रुपमा परिचय बनाएका बजरंग महोत्तरी कांगे्रसमा क्षेत्रिय सभापति, जिला सचिबको रुपमा आफ्नो भूमिका निर्वाह गरिसकेको छन् । महाधिवेशन प्रतिनिधि तथा जिला कार्य समितिका सदस्य रहेका बजरंग १४औँ महाधिवेशन मा जिला सभापतिका प्रत्याशी समेत रहेका थिए ।
त्यसैगरि मधेस आन्दोलनको रापतापका बिच भएको पछिल्लो संसदिय चुनाबको बेला बजरंग महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदको उमेदवार बन्न पार्टीबाट टिकट प्राप्त गरेका थिए । उक्त चुनाबको एउटा रोचक पक्ष छ । त्यो के हो भने तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा चुनाब लडेका थिए । सर्लाही जिलाबाट चुनाब हार्दै आएका ठाकुर नेपाली कांगे्रस लाई हारगुहार गरी राजपाले मधेस प्रदेशका केही सिटहरुमा तालमेल गराउन सफल भएका थिए । जस अन्र्तगत महोत्तरी क्षेत्र नं ३ बाट ठाकुर आफै चुनाब लडेका थिए ।
र पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना उमेदवार बजरंग नेपाली लाई नोमिनेशन फीर्ता लिन बाध्य तुल्याएका थिए । र बजरंग चुनाब लड्न पाएन्न । उनै बजरंग नेपाली पनि जलेश्वरको मेयरको चुनाब लड्ने सम्भावित नाम रहेको छ ।

अशोक साह

नेपाली कांगे्रस जलेश्वर नगरपालिका भित्र अशोक साह नाम चलेका नेता हुन । बिसं २०४८ सालमा नेपाली कांगे्रस बाट बरुण मिश्र मेयरको चुनाब जितेका थिए । र उनी संगै अशोक साह वाड अध्यक्षमा विजयी भएका थिए । युवा उमेर देखि नै साह नेपाली कांगे्रसमा आबद्ध रहँदै आएका हुन । पार्टी संगठनमा सक्रिय रहेका साह दोस्रो पटक जलेश्वर नगर समापतिमा निर्वाचित भएका छन् । २०७४ मा मेयरमा चुनाब लडेका साह तेस्रो स्थानमा रहेका थिए ।

२०७४ को चुनाबमा तत्कालीन राष्ट्रिय जनता पार्टी ले मधेश परदेश भित्र रहेकाे १३६ पालिका मध्ये केबल १४ पालिका जितेको थियो। महोत्तरीको पिपरा गाउँ पालिकामा उपचुनाव भए पश्चात उक्त संख्या १३ मा झरेको छ। स्वार्थका लागि राजनीति गर्ने मधेसवादी दलहरु फेरि फुट्यो। र राजपा बाट अहिले लोसपा (लोकतान्त्रिक समाजवादी पार्टी) बनेको छ । वर्तमान अवस्थामा लोसपा संग रहेकाे १३ पालिका मध्ये सात पालिका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका सँगै जोडिएको छ, भौगोलिक हिसावले। तसर्थ यसपालिको स्थानीय चुनावमा काँग्रेस त्यस्तो व्यक्तित्व को खोजमा छ जसले मधेशवादीको गढ भै सकेको पलिकहरुमा काँग्रेसलाई विजय बनाउन सकोस्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!