हिपमत डटकम

शनिबार, चैत्र १२, २०७८ || 572  पटक पढिएको

काठमाडौं। गायक रिवाज सिंह सुनारको स्वर, शब्द र संगीतमा समावेश ‘देश विकास’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सुनारको यस भिडियोमा भ्रष्टाचारका कारण देशको प्रगति हुन नसकेको कुरालाई प्रस्तुत गरिएको छ । देशलाई समृद्ध बनाउनको लागि इमान्दार नेताको खाँचो रहेको कुरा समेत गीतमा समावेश गरिएको छ ।

सम्भव सुवेदीले छायाँकन र सम्पादन गरेको यस भिडियोमा धुर्व बिश्वकर्मा , निश्चल कार्की र प्रमोद श्रेष्ठ फिचर्ड छन्। कल्याण थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक सुनारको च्यानल ‘रिवाज सिंह सुनार’ मार्फत भिडियो सार्वजनिक भएको हो।

गायक सुनारले यस गीतलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

https://www.youtube.com/watch?v=q4eNkGpaPnA

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!