हिपमत डटकम

शुक्रबार, चैत्र ११, २०७८ || 709  पटक पढिएको

काठमाडौँ । लोकप्रिय गायिका आनि छोइगं डोल्माको स्वरमा रहेको जय होस् तिम्रोको कभर गीत गायिका श्रीषा कुँवरको स्वरमा पनि तयार भएको छ । मोडल समेत रहेकी गायिका कुँवरको स्वरमा सजिएको कभर गीतको भिडियो मंगलबार रिलिज गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्मण यूनिटले जनाएको छ ।

भिडियोमा बंगलादेशकी अभिनेत्री अर्निका मरकको सशक्त अभिनय देख्न सकिन्छ । गायक तथा संगीतकार तुला पर्वतको निर्देशनमा तयार भएको भिडियो मकाउमा छायांकन गरिएको हो । बंगलादेशकी अभिनेत्रीले हिन्दु धर्ममा आस्था राखेर भगवानको महिमा आँफुले गाउन तयार भएसँगै जय होस् मा उनी काम गर्न तयार भएको निर्देशक तुलाले बताए ।

विदेशी अभिनेत्रीले नेपालमा सरह नै परवासमा सारी चोलोमा सजिएर छायांकन गरिएको जय होस् मार्फत भगवानको महिमा निर्देशक तुला पर्वतकले नजिकबाट केलाउन पाउनु एउटा सुनौलो अवसर भएको बताए । अर्निका बंगलादेशमा टेलिफिल्म र म्यूजिक भिडियोमा जमेकी अभिनेत्री हुन् । भिडियोमा छायांकन , सम्पादन , कलर र डिजाइन समेत निर्देशक तुलाकै रहेको छ । भिडियो निर्देशक तुलाकै अफिसियल च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!