हिपमत डटकम

शुक्रबार, चैत्र ११, २०७८ || 519  पटक पढिएको

विराटनगर। विराटनगरस्थित राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लिमिटेडको आयोजनामा आज कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगर बसपार्कस्थित सहकारीको भवनमा आयोजित कार्यक्रममा साहित्यकार मधु पोखरेल र लोचन रिजालको कृति विमोचन गरिएको हो । कार्यक्रममा विराट साहित्य संगमका संस्थापक अध्यक्ष बलराम पोखरेल, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी संरक्षक शोभा लामा बल, साहित्यकार रामबाबु दाहाल, कवि नगेन्द्रमणि न्यौपाने, आयोजक संस्थाका उपाध्यक्ष तुलसीप्रसाद अधिकारीलगायतले संयुक्त रुपमा पोखरेलको निर्बन्ध बिम्बहरु निबन्ध संग्रह र रिजालको चन्द्रलोचन गजल संग्रहको विमोचन गरेका थिए ।

निबन्ध संग्रहका बारेमा साहित्यकार हरिप्रसाद बराल र गजलसंग्रहका बारेमा हरि कट्टेलले टिप्पणी गरे । कार्यक्रममा सहकारीले हरेक महिना आयोजना गर्ने साहित्य सिर्जना र संवाद कार्यक्रमअन्तर्गत ३३ औं शृंखला सञ्चालन गरेको थियो ।

सो अवसरमा विभिन्न साहित्यकारहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!