
विराटनगर। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तिनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै कार्कीले आगामी निर्वाचनसम्म गठबन्धन हुने बताए।

मन्त्री कार्कीले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दल मिलेर जाने कुरामा विमति नरहेको , ‘गठबन्धन कायम रहन्छ साथै अन्य दलसँग पनि सहकार्यका लागि छलफल हुनेछ’, मन्त्री कार्कीले बताए।
मन्त्री कार्कीले पार्टी विधि र अनुशासनबाट संचालित रहेको बताउदै सबैले त्यसको पालना गर्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले मन्त्रिमण्डल विस्तारको विषयमा आफूलाई जानकारी नरहेको बताए।
नेपाल र नेपाली हितका लागि चिनियाँ सरकारको सधैं सहयोग रहेको भन्दै छिमेकी राष्ट्रसँगको सम्बन्धमा सरकार गम्भीर रहेको कार्कीको भनाई छ ।