हिपमत डटकम

बुधबार, चैत्र ०९, २०७८ || 511  पटक पढिएको

काठमाडौंँ । चर्चित कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ल्याउने भएका छन् । उनले ‘जोगिन्दर मुखियाजी’ नामक शो ल्याउने भएका हुन् ।
‘जोगिन्दर मुखियाजी’ ग्लोवल एचडि टिभीबाट चैत्र १० गतेदेखि प्रत्येक बिहिबार साँझ ७ ः३० बाट प्रसारणमा आउँदैछ । जोगिन्दर उपनामले परिचित रिजालले आफुलाई सबैले बास्तबिक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने भएकोले नयाँ शोमा पनि यो नाम जोडेको बताए ।

यस अगाडि हिमालयन टेलिभिजनमा चर्चित कार्यक्रम ‘जोगिन्दर पानवाल’ मार्फत दर्शकको मन जित्न सफल उनी डेढ बर्षपछि नयाँ टेलिभिजनमा देखिन लागेका हुन् । ‘जोगिन्दर मुखियाजी’ एक पुर्ण मनोरन्जनात्मक शो भएको उनले जानकारी दिए ।
‘हाम्रो तराईमा मुखियाजीलाई सबैले मान्ने गर्छन् । गाउँ , टोल वा वडामा धेरै फैसला मुखियाजीकै आधारमा हुने गर्थे’ उनले भने ‘त्यही पात्रलाई टेलिभिजन शोमा ल्याउन लागेको हो ।’ कार्यक्रमको पहिलो एपिसोड उनले पुर्वमन्त्री लालबाबु पण्डितलाई अतिथि बनाएको सुनाए ।

‘जोगिन्दर मुखियाजी’ रमाइलो ठट्यौली शैलीमा गफगाफ गर्ने शो हो । यहाँ घरमा भएका खानेकुराहरु खाँदै गफगाफ गर्नेछु’ उनले थपे ‘यसलाई सबैसँग भलाकुसारी गर्ने कार्यक्रम अथवा साझा चौतारी भन्दा पनि फरक पर्दैन ।’ ‘जसरी एउटा मुखियाको घरमा सबै जान्छन् । त्यस्तै कार्यक्रममा पनि सबै क्षेत्रका ब्यक्ति अतिथिको रुपमा निम्त्याउनेछु’ उनले थपे ।

जोगिन्दरको क्यारेक्टरलाई जीवित राख्दै मुखियाजी मार्फत आगामी कला यात्रालाई अगाडी बढाउने योजना उनको रहेको छ । शोमा रिजालले आफ्नो गेटअफ र पहिरन समेत ताराइका मुखिया झै गर्नेछन् ।
रिजाल फिल्म, टेलिचलचित्र, कमेडी शोका अलवा स्टेज कार्यक्रममा पनि ब्यस्त रहने कलाकार हुन् । उनी यस अगाडि टेलिभिजन कार्यक्रमको कारणले ‘जोगिन्दर पानवाल’ भनेर चिनिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!