हिपमत डटकम

मंगलबार, चैत्र ०८, २०७८ || 438  पटक पढिएको

काठमाडौं, चैत्र ८ ।मल्टिस्टारर फिल्म ‘लाखे’ ले प्रदर्शन मिति सार्वजनीक गरेको छ । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले ‘लाखे’ ३१ भदौमा प्रदर्शन हुने जानकारी दिएका छन् । सम्राट बस्नेत निर्देशीत फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्ने सम्झौता भएको छ ।

महंगो बजेटमा निर्माण गरिएको बताइने फिल्ममा सौगात मल्ल, आर्यन अधिकारी,अनुप बिक्रम शाही,वर्षा राउत,सुशील सिटौला,अर्पण थापा,प्रशान्त ताम्राकार,रोहित रुम्बा,सन्जोग राणा,रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीले सम्पादन गर्ने फिल्मको छायांकन हालै समापन भएको हो । फिल्म गुणस्तरिय बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक सम्राटले बताएका छन् । उनले केही समयमै फिल्मको फस्र्टलुक पोस्टर दर्शकमाझ ल्याउने तयारी गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!