हिपमत डटकम

बिहिबार, चैत्र ०३, २०७८ || 651  पटक पढिएको

काठमाडौँ। रङ्गहरुको पर्व होलीको अवसर पारेर कमेडी टेली सिरियल ‘सर्खारको सर’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । ‘सर्खारको सर’ राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ । सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको सिरियलको निर्देशन बिनय पौडेलले गरेका छन्। सार्वजनिक फर्स्टलुकमा तिन मुख्य कलाकार दीपक आचार्य,रबिन्द्र झा र सिपि पुडासैनीलाई फिचर्ड गरिएको छ। पोस्टरको लागी फोटो श्रीधर पौडेलले खिचेका हुन्।

रघुनाथ सापकोटा र लीला केसीको निर्माण रहेको सिरियलमा दीपक आचार्य,रबिन्द्र झा,सिपि पुडासैनी,लीला केसी,जगदिश्वर अधिकारी,प्रतिषा रिजाल,राजु कट्टेल,सिजन तिवारी,मरिना गुरुङ,सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

जीवन पराजुलीले छायाँकन गरेको सिरियलको पोस्टर राकेश दाहालले बनाएका हुन्। रोहन जिरेलको सम्पादन तथा चन्दन दत्तले कलर संयोजन गरेका छन्। नवराज भण्डारी सह निर्माता रहेको सिरियलको केहि दिनमा ट्रेलर सार्वजनिक गरिने र प्रदर्शन मिति पनि सार्वजनिक गर्ने निर्माता रघुनाथ सापकोटाले जानकारी दिए। ‘सर्खारको सर’ को डिजिटल पार्टनर डीएआर मुभिज रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!