बिराटनगर। समाजसेवि , गीतकार तथा गायिका सुमि संस्कृतिको शव्द अनि स्वरमा होली गीत ‘खेलौं होली’ सार्वजनिक भएको छ । स्वरमा उनलाई गायक तथा संगीतकार नरहरि प्रेमीले साथ दिएका छन् भने संगीत पनि नरहरि प्रेमीकै रहेको छ । गीतको अडियोतर्फ लक्षु प्रकाश मल्लको संगीत संयोजन , राजीव शाहको मिक्सिङ र मास्टरिङ रहेको छ भने गीत सुर संगीत स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

पुष्पा पौडेलको कन्सेप्टमा तयारमा भएको भिडियोतर्फ नरहरि प्रेमी र अस्मिता जुरेलीको अभिनय, सिता पराजुलीको श्रृङ्गार , देव दोर्जे लामाको छायाँकन , आशिष गुरुङको कोरियोग्राफि तथा राज कुमारको सम्पादन अनि निर्देशन रहेको छ । दक्षिणकाली रिजोर्टको रमणीय स्थानमा छायाँकन गरिएको भिडियोको व्यवस्थापन भने बिष्णु रेग्मी , प्रविण पोख्रेल तथा शिवराज पौडेलले गरेका हुन् ।

यसअघि पनि जागो जागो माँ भवानी बोलको भजन सार्वजनिक गरिसकेकी गायिका तथा गीतकार सुमि संस्कृतिका थप गीतहरु पनि रिलिजको क्रममा छन् । सांगीतिक गुरु पनि रहेका नरहरि प्रेमीसँगको सहकार्य सहज र उत्कृष्ट हुने उनको भनाई छ । आगामि दिनमा पनि गायक तथा संगीतकार नरहरि प्रेमीसँगको सहकार्यले निरन्तरता पाउने र अझ उत्कृष्ट सिर्जनाहरु बजारमा ल्याउने उनी बताउँछिन् ।

https://www.youtube.com/watch?v=PfrD3CXaDHs

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!