हिपमत डटकम

सोमबार, फाल्गुण ३०, २०७८ || 521  पटक पढिएको

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जनता समाजवादी पार्टीमा आफ्नो मानमर्दन भएकाले एमालेमा प्रवेश गरेको बताएका छन् ।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताए पनि पार्टीभित्र दुव्र्यवहार हुने गरेकाले एमाले प्रवेश गरेको बताएका हुन् ।

विगतमा आफूले जसपाबाट दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए । सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफूले नयाँ पार्टी रोज्नुपरेको मेयर सरावगीको भनाइ छ ।

‘म आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति थिएँ । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपर्थ्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवजीले मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिएँ पनि’ उनले भने ।

 

मेयर सरावगीले अघि भने, ‘तर लगातार मसँग दुर्व्यवहारहरु हुने, सामाजिक रुपमा मलाई जहिल्यै पनि एक प्रकारको मानमर्दन गर्ने जुन कामहरु भइराखेको थिए । मैले अध्यक्षजीलाई पहिला पनि भनिसक्या थिएँ कि, म यो पार्टीमा बस्दिनँ यो ढंगले । र त्यो कारणले गर्दा मैले एउटा नयाँ पार्टी रोजेँ ।’

आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसबाट जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उनको भनाइ छ ।

‘…कांग्रेसमा जाने अप्सन अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि यति भीड छ । यति मान्छेहरु त्यहाँ पहिलादेखि नै लाइनमा लागिराखेको छ जनप्रतिनिधिका लागि’ मेयर सरावगीले भने ।

अब एमालेले आफ्नो काम र प्रस्तुति हेरेर जुन जिम्मेवारी दिन्छ सोही जिम्मेवारी लिने सरावगीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!