आइतबार, फाल्गुण ११, २०७६ || 665  पटक पढिएको

उदयपुर जिल्लाको कटारी नगरपालिकामा वृद्धालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कटारीले दुई जनालाई पक्राउ गरी अनुसन्धानपछि आज म्याद थप गरेर मुद्दा चलाएको छ । बलात्कार गरेको कसुरमा पक्राउ गरेर मुद्दा दर्ता गरिएकामा कटारी नगरपालिका–३ का ४० वर्षीय वंश सदा र अर्का २३ वर्षीय मनोज सदा रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमख प्रेमसागर केसीले बताए ।

शुक्रबार दुवै जनाले जङ्गल नजिकै महिलालाई घर फर्कंदै गरेको अवस्थामा भेटेपछि पक्रेर बलात्कार गरेको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । घटना लगत्तै पीडितका परिवारले प्रहरीमा जाहेरी दिएपछि शनिबार दुवैलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको र आज म्याद थप गरेर बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताए । महिलाको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!