
सर्लाही। सर्लाही नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सर्लाही जिल्ला सभापतिमा सुरेन्द्र सिंह निर्वाचित भएका छन्। उनले पुर्वी सभापति लक्षमण रायलाई पराजय गरेका हुन्।

जिल्ला निर्वाचन समितिका अनुसार ,कूल ३ हजार १ सय ३६ गणना भएको मतमा सिंहले १७ सय ५८ मत र रायले १३सय ७८मत ल्याए ।
नव निर्वाचित सभापति सिंह मधेस प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्री सिंह दाजुभाइ हुन् ।