हिपमत डटकम

आइतबार, फाल्गुण २९, २०७८ || 467  पटक पढिएको

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई पुनः सम्झिएका छन् ।

विराटनगरमा आज आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झिएका हुन् ।

‘पहिलेको चुनावमा सानो सानो बनाएको भए हुनेथियो नि जनताले ठूलो बनाए । हाम्रो भुइँमा खुट्टो नै रहेन । विचरा त्यो बुढो मान्छे, उसैले हस्ताक्षर गरेर शान्ति सम्झौता भएको थियो,’ गिरिजालाई सम्झँदै उनले भने, ‘उनैलाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो ? मेरो बुद्धि ।

के बुद्धि होला ? क्रान्तिकारी भनेर त्यो रुक्माङ्गत कट्वाललाई किन हटाएको होला । छेउमा बसेको बाबुराम र बादल छन् । उनीहरुले ठोक ठोक भने मैले पनि ठोकिदिएँ । त्यसपछि राष्ट्रपति पनि गयो, प्रधानमन्त्री पनि गयो सबै गयो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!