हिपमत डटकम

आइतबार, फाल्गुण २९, २०७८ || 764  पटक पढिएको

बिराटनगर। स्थानिय चुनावको केही जिल्लाहरुमा तयरी सुरु भएको छ । मोरङ जिल्लामा पनि यसको असर परेको देखिन्छ । सरकारले तोकेको २०७९ साल बैशाख ३० गते स्थानिय चुनावले त्यस वर्षको राजनीतिक दाउपेजले निक्कै महत्व राख्ने देखिन्छ ।

स्थानिय चुनावमा आफ्नो विजयीको अनुकुल बनाएर टिकट पाउँने दाउपेजमा राजनीतिक स्रष्टाहरुमा पार्टी परिर्वतन पनि उत्तिकै देखिएको छ । आफ्नो ब्यक्तिगत स्वर्थकोलागि पार्टी परित्याग र प्रवेशले गर्दा राजनीतिक कर्मीमाथि अर्को प्रश्न खडा भएको छ राजनीतिक दाउपेज र स्वार्थको ?

चर्चा परिचर्चामा मुछिएका यी राजनीतिक कर्मीहरुको पूर्व उम्मेदवारी पार्टीको निर्णय अनुसार हुने भएकोले मुलतः पार्टी प्रवेश र परित्यागको लहर चलेको हो ।

स्थानिय चुनावको निर्कोल नहुँदै कति राजनीतिक कर्मीले पदको उम्मेदवारीको पक्का पक्की निर्णय पनि लिएको देखिन्छ, भने कति अन्योल र छाँयाभित्र पनि देखिएका छन । यसै क्रममा मोरङको रतुवामाई नगरपालिका पनि अछुतो देखिएन । नयाँ नेतृत्व र पुरानो नेतृत्वको समाञ्जस्यमा को कति अगाडि पछाडि हुने हो त्यो पदको उम्मेदवारी घोषणा भएको समयले निर्णय गर्ने छ । तर पनि चौकका चिया पसल र सार्वजनि स्थलमा पद र उम्मेदवारीको जनमानसमा कौतुहलताका साँथ चर्चा परिचर्चा बढ्दै छ ।

रतुवामाई नगरको मेयर पदको प्रमुख दावेदार नेपाली कांग्रेस र नेकपा (एमाले)नै प्रमुख पार्टी हुन् । यिनै पार्टी अन्र्तगत नेपाली कांग्रेसभित्र रविन राईको बढी चर्चा देखिए पनि खड्गबहादुर चोङवाङ, कन्हौया राजवंशी र जीवन पनेरुको पनि उत्तिकै उम्मेदवारीको हैसियत रहेको बताईन्छ । त्यस्तै नेकपा एमालेमा गोपी चापागाँई, मेघराज कट्टेलको बढी चर्चा रहे पनि दुर्गा विष्ट र डिवी कार्कीको उम्मेदवारीमा पाटीको बढी हाँत रहेको चर्चा पनि कम छैन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!