राष्ट्रपति रनिङशिल प्रतियोगिता सूरु भएको छ । आजदेखि नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नगरभरीका २१ वटा माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयहरु मध्ये १७ वटा विद्यालयको सहभागिता रहेको छ ।
कार्यक्रमलाई उद्घाटन गर्दै लेटाङ नगरप्रमुख शंकर राईले खेलकुद राष्ट्रपति रनिङशलि प्रतियोगिता विद्यार्थीको क्षमता प्रदर्शन गर्ने उत्कृष्ट ठाँउ भएको वताउनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई नगरले पूरस्कृत गर्ने समेत उद्घोष गर्नुभयो । उहाँले खेल अनुशासनको पर्यायी भएकाले सवै विद्यालयले खेलकुदलाई समेत प्राथमिकतामा राखेर शैक्षिक कार्यक्रम अगाडी ल्याउन आह्वान समेत गर्नुभयो ।
एथ्लेटिक्स तर्फ १८ खेल हुने र भलिवल समेत गरि जम्मा १९ खेलमा ३८ वटा प्रतियोगिता भईरहेको आयोजक लेटाङ नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखाका शिक्षा ब्यवस्थापन सहायक कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीलाई जिल्लामा सहभागिता पाउने गरी प्रतिस्पर्धा गराइएको घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रम लेटाङ नगरपालिका वडा नं. ३ का अध्यक्ष देवराज चाम्लिङको आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!