हिपमत डटकम

शनिबार, फाल्गुण २८, २०७८ || 480  पटक पढिएको

उर्लाबारी । युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले संचालित मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी गरिएको छ। तयारी संगै पहिलो अडिसन समेत उर्लाबारीमा गरिएको छ ।

सेन्ट्रल फेशन हव उर्लाबारीको आयोजनामा हुने मिस उर्लाबारीको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागीता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले जानकारी दिनुभयो ।

दोस्रो चरणको अडिसन शनिबार हुने वहाँले जानकारी दिनुभयो । पहिलो चरणको अडिसनमा मिस पूर्वाञ्चल २०१९ की विजेता रिजु भट्टराई, बैंकर सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट ज्ञानेन्द्र सुनारले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

दोस्रो चरणको अडिसन सकेर सहभागीहरुको फाइनल नाम सार्वजनिक गर्दै बन्द प्रशिक्षण थाल्ने आयोजकले जनाएको छ । यस पटक मिस उर्लाबारीमा सहभागीहरुले कुनै शुल्क तिर्नु नपर्ने भएको छ । प्रशिक्षण शुल्क समेत नलिने संयोजक चिमरियाको भनाई छ । चैत्र अन्तिममा फिनाले गर्ने गरी तयारी थालिएको मिस उर्लाबारीको पहिलो संस्करणको बिजेता नेमिता आङ्गबुहाङ्ग हुन् भने दोस्रो संस्करणको बिजेता रुशाली केसी हुन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!